रवि लामिछानेले अब सांसद र मन्त्री बन्न पाउने

रवि लामिछानेले अब सांसद र मन्त्री बन्न पाउने


काठमाण्डु– सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध लगाएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएको छ ।

बुधबार महान्यायाधिवक्ता कार्यालयमार्फत विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको हो ।

लामिछानेको तर्फबाट यसअघि नै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिइदिन निवेदन परेको थियो ।

उनीविरुद्धको सहकारी ठगी मुद्दा भने यथावत रहेको छ ।

महान्यायाधिवक्ता सविता भणडरीको यो निर्णयसँगै अब रविले सांसद र मन्त्री बन्न पाउने छन्।