मलाई अन्तिम इच्छा सोध्नेलाई २१ गते जनताले जवाफ दिनेछन् : रवि लामिछाने

मलाई अन्तिम इच्छा सोध्नेलाई २१ गते जनताले जवाफ दिनेछन् : रवि लामिछाने

चितवनको निलो क्रान्ति फैलिएर देशको पहिलो पार्टी बन्दै छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निलो क्रान्ति देशभर फैलिएर पहिलो पार्टी बन्न लागेको बताएका छन्।

मंगलबार चितवन-१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले चितवनबाट सुरु भएको निलो क्रान्ति देशभर फैलिएर पहिलो पार्टी बन्न लागेको बताएका हुन् ।

लामिछानेले भने, म गर्वका साथ भन्छु तीन वर्ष अगाडि चितवनले रोपेको यो क्रान्ति, निलो क्रान्ति आज फैलिएर देशको पहिलो पार्टी बन्न गएको छ,इतिहास रच्ने यो यात्रा सुरु गरेको चितवनलाई साथ दिन देश भरिका अन्य जिल्लाहरू तयार भएको मैले विभिन्न ठाउँमा जाँदा पाएको छु।’

उनले चितवन धेरै हिसाबले उर्वर भूमि रहेको बताए। ‘यो चितवन धेरै हिसाबले उर्वर भूमि हो। देवभूमि, तपोभूमि यो हुँदै हो। तर यो देशको इतिहास लेख्ने भूमि पनि चितवन भएको छ,’ उनले भने।

फागुन २१ गते क्रान्ति गर्नुपर्ने भन्दै उनले भने ‘अब क्रान्ति हुन्छ, २१ गते कुनै मतदान मात्र हुने वाला छैन। यो देशले वर्षौँदेखि देखेको सपनाको कुरा हामी गरिरहेका छौँ। यस पटक पूरा गर्नै पर्छ, ‘मलाई जिल्लै पिच्छे मुद्दा हालेका हिसाबहरू छन्। म माथि भएका अन्याय अत्याचारका हिसाबहरू छन्। त्यसको न्यायिक लडाइँ, कानुनी लडाइँ म लडुँला। तर ३४ वर्ष यिनीहरूले हाम्रो सपनामा डोजर चलाएका छन्, त्यसको हिसाब गर्नुपर्ने छ। त्यो हिसाब हामी लिन्छौँ ।

उनले आफूलाई मध्यरातमा बेडरुममा छिरेर अन्तिम इच्छा सोध्नेलाई २१ गते जनताले जवाफ दिने समेत बताए ।

उनले भने, ‘हामीलाई त घेराबन्दी गरेका हुन्।उखेल्न खोजेका हुन्, लुछ्न खोजेका हुन्, मार्न खोजेका हुन्। मानसिक र भौतिक रूपमा सिद्ध्याउन खोजेका हुन्, सखाप गर्न खोजेका हुन्। मध्यरातमा बेडरुममा छिरेर ‘तेरो अन्तिम इच्छा के हो ? ’ भनेर सोधेका हुन् मलाई। त्यतिखेर मैले त जवाफ दिइनँ। मेरो अन्तिम इच्छा के हो भन्ने कुरा २१ गते तपाईँले बोल्नु पर्ने छ।’