रवि लामिछानेको ठोकुवा : सहकारी पीडितको बचत १०० दिनमा फिर्ता गर्छाैं

रवि लामिछानेको ठोकुवा : सहकारी पीडितको बचत १०० दिनमा फिर्ता गर्छाैं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी पीडितको बचत १०० दिनभित्र फिर्ता गर्ने बताएका छन् ।

सुनसरीको इटहरीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपा नेतृत्वको सरकारले सहकारी पीडितका साना बचतहरू १०० दिनभित्रै फिर्ता गर्ने ठोकुवा गरे ।

अघिल्ला सरकारहरूले आफूलाई थुन्नेबाहेक अरु काम नगरेको उनले आरोप लगाए । ‘यसअघिका सरकारहरूले रविलाई थुन्नबाहेक कसैले पैसा फिर्ता पायो ? पाएन । अब रास्वपा नेतृत्वको सरकारले १०० दिनभित्र साना बचतकर्ताको पैसा फिर्ता गर्छ,’ उनले भने ।

उनले भूमिहीन समस्या समाधान पनि विज्ञ टोलीको आयोगबाट गर्ने बताए । उनले भने, ‘बालेनजीले भनेजस्तै दिन गनेर भूमिहीनका समस्या समाधान हुन्छ । दलका मान्छेहरूको होइन, विज्ञहरूको शक्तिशाली आयोग बन्छ । त्यो आयोगले सिफारिस गरेको विषय रास्वपाले कार्यान्वयन गर्छ ।’

सभापति लामिछानेले गरीबको झुपडीमा होइन, महलमा डोजर चल्ने बताएका छन् ।

बाटोघाटो बनाउन नीति फेर्ने कुरा २० वर्ष सांसद बनेर पनि नसिकेको उनले टिप्पणी गरे । उनले कांग्रेसलाई लक्षित गर्दै भने, ‘२० वर्ष सांसद बनेपछि बल्ल बाटो बनाउन नीति फेर्नुपर्छ भन्ने ज्ञान आयो । अब के के गर्नुपर्छ, उपकरण ल्याउनपर्छ कि प्रविधि ल्याउनपर्छ, त्यो सबै रास्वपाले गर्छ ।’