सहकारी ठगहरूको सम्पत्ति जफत गरेर बचतकर्ताको रकम फिर्ता गर्ने गृहमन्त्री लामिछानेको घोषणा

सहकारी ठगहरूको सम्पत्ति जफत गरेर बचतकर्ताको रकम फिर्ता गर्ने गृहमन्त्री लामिछानेको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठग्नेहरूको सम्पत्ति जफत गरेर बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेका छन् ।

इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बोल्दै उनले प्रधानमन्त्रीलाई पनि यसबारे जानकारी गराएर आफूले काम गरिरहेको बताए ।

‘विपक्षीहरूले सहकारी ठगीबारे हल्ला गर्दै हिँड्नुभयो, हामी काम गर्दैछौं,’ उनले भने, ‘चाँडै नै नीति ल्याएर, कानूनमा आवश्यक संशोधन गरेर सहकारी ठगेर भागेकाहरूको सम्पत्ति रोक्का गरी सबै सम्पत्ति बेचेर भए पनि सानासाना बचतकर्ताको तिर्न सुरु गरिनेछ । यो कुराको जानकारी प्रधानमन्त्रीलाई गराएको छु ।’

उनले पुराना दलहरूले आफूहरूलाई घेराबन्दी गर्न थालेको तर त्यसलाई तोडेर छोड्ने दृढता व्यक्त गरेका छन् ।