सधैँ जनताको आवाज बोल्ने रवि लामिछानेको प्रतिबद्धता

सधैँ जनताको आवाज बोल्ने रवि लामिछानेको प्रतिबद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – सोमबार प्रहरी हिरासतबाट मुक्तभएपछि पहिलोपटक रवि लामिछानेले आफूलाई अझै जनताको पक्षमा काम गर्ने हौसला मिलेको बताएका छन् ।

मंगलबार चितवनको नारायणी नदी तीरमा जनता र समर्थकहरुलाई धन्यवाद दिन आयोजित ‘धन्यवाद सभा’लाई सम्बोधन गर्दै रविले देश विदेशमा रहेका जनता र समर्थकहरुलाई आफ्नो रिहाइका लागि गरेको संघर्षप्रति धन्यवाद दिँदै आफू सधैँ जनताको आवाज बोल्ने प्रतिबद्धता जनाए ।

रविले सरकार र नेताहरुको कार्य र सोचले गर्दा देश अहिले यो अवस्थामा छ र आफू कहिल्यै पनि राजनीतिमा नआउने, तर आफ्नो संचारकर्मीको पेशालाई सधैँ उच्च ठाउँमा राखेर जनताको आवाज टेलिभिजनबाट बुलन्द गर्ने बाचा गरे ।

आफ्नो सम्पतिकोबारेमा आएको टिप्पणीलाई लिएर रविले भने, “सरकारले मेरो सम्पति हेरे हुन्छ, मेरो ऋण देख्दा सरकार ढल्ने हुन् कि भन्ने पो डर छ ।”

नारायणी नदी तीरमा मंगलबार दिउँसो २ बजेदेखि सुरु भएको ‘धन्यवाद सभा’मा रविका लाखौँ समर्थकले फूलमाला बोकेर रविलाई शुभकामना दिन आएका थिए । रवि लामिछानेले सम्बोधन गर्दै गर्दा सहभागीहरु खुशीले ताली र सिठ्ठी बजाउँदै समर्थन जनाइरहेका थिए ।