रवि लामिछाने मुद्धामा उच्च अदालतले दियो यस्तो आदेश

रवि लामिछाने मुद्धामा उच्च अदालतले दियो यस्तो आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा पाटन उच्च अदालत हेटौँडा इजलासले जिल्ला अदालतबाट कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ ।

उच्च अदालत पाटनको हेटौँडा इजलासले चितवन जिल्ला अदालतमा रहेका मुद्दा र आदेशसम्बन्धी सक्कल विवरण झिकाउन मंगलबार आदेश दिएको होे ।

प्रतिवादीहरु टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने तथा पत्रकार युवराज कँडेल पुर्पक्षका लागि थुना बाहिर रहन धरौटी माग गर्ने जिल्ला अदालत चितवनको आदेशविरुद्ध उच्च अदालत गएका थिए ।

उच्च अदालतमा मंगलबार दर्ता मुद्दाको सोही दिन न्यायाधीश टेकराज नेपालको इजलासमा भएको बहसपछि कैफियत प्रतिवेदन मागको आदेश भएको रजिस्ट्रार विकास श्रेष्ठले जानकारी दिए ।

पाटन उच्च अदालतको हेटौंडा इजलासमा दिइएको निवेदनमा धरौटीसहितका सर्तहरु खारेज हुनुपर्ने माग गरिएको छ ।