आफू संलग्न नभएको कारोबार तथा विषयको जिम्मेवारी कसरी लिने ? : रवि लामिछाने (बयानको पूर्णपाठ)

आफू संलग्न नभएको कारोबार तथा विषयको जिम्मेवारी कसरी लिने ? : रवि लामिछाने (बयानको पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिमा आफू संलग्न नभएको कारोबार तथा विषयको जिम्मेवारी कसरी लिने ? भन्दै बयान दिएका छन् ।

संघीय संसद् सचिवालयले आज सार्वजनिक गरेको प्रतिवेदनको पूर्णपाठमा लामिछानेको बयान पनि राखिएको छ । बयानमा लामिछानेले भनेका छन्, ‘आफू संलग्न नभएको कारोबार तथा विषयको जिम्मेवारी कसरी लिने ?’

लामिछानेले बयानमा थप भनेका छन्, ‘सहकारी संस्थामा भएका कुनै पनि आर्थिक क्रियाकलापमा मेरो कुनै संलग्नता छैन र मेरो जानकारी पनि छैन । म लगायत धेरै व्यक्तिहरूको नाममा नक्कली खाता बनाइ कारोबार गरेको अनुसन्धानले नै प्रमाणित गरेको देखिएको हुँदा उक्त कार्य गर्ने व्यक्ति नै जिम्मेवार हुनुपर्छ । मेरो संलग्नता नभएको विषयमा मैले जिम्मेवारी कसरी लिने ?’

प्रतिवेदनमा गोरखा मिडियामा आएको सहकारीको पैसा अपचलनमा लामिछानेलाई कारबाही सिफारिस गरिएको छ । लामिछानेले बयानमा भने आफ्नो पेटमा सहकारीको एक रुपैयाँ नपरेको दाबी गरेका छन् ।

‘मेरो पेटमा सहकारीको एक रुपैयाँ पनि परेको छैन, मैले ऋण लिएको प्रमाण पनि छैन । मेरो बैंक खातामा कुनै सहकारीबाट रकम जम्मा भएको छैन,’ संसदीय छानबिन विशेष समितिले लिएको बयानमा ५१ औं प्रश्नको जवाफमा उनले भनेका छन्, ‘म निर्दोष छु ।’

छानबिन समितिले सहकारीमार्फत गोरखा मिडियामा गएको ६५ करोड रुपैयाँमा गोरखा मिडियाका तत्कालीन सञ्चालक जीबी राई, छविलाल जोशी बन्जाडे, कुमार रम्तेल र लामिछानेलाई जिम्मेवार ठहर्‍याउँदै कारबाही सिफारिस गरेको छ ।

लामिछानेले संसदीय छानबिन विशेष समितिमा दिएको बयानको पूर्णअंश ?