काठमाण्डु – निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेको रवि लामिछानेको पार्टीले चुनाव चिन्ह घण्टी नपाउने भएको छ । गत असार ७ गते घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले रोजेको चुनाव चिन्ह घण्टी निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको पाइएको हो ।
लामिछानेले राजेको चुनाव चिन्ह घण्टी राष्ट्रवादी पाटीले यसअघि नै पाइसकेको छ । नारायण गोपाल मार्ग काठमाण्डुमा कार्यालय रहेको यस पार्टी २०७३ साल मंसिर ३० गते आयोगमा दर्ता भएको हो ।
पार्टीका केन्द्रीय संयोजक सहजाद मियाँ भिकरानी रहेका छन् । निर्वाचन आयोगकाअनुसार कुनै एउटा दलको नाममा दर्ता भएको चुनाव चिन्ह अर्को दलले पाउन सक्दैन । योसँगै लामिछानेको दर्ता प्रक्रियामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले घण्टी चुनाव चिन्ह पाउने सम्भावना कम रहेको छ ।
घोषणा भएको दिनदेखि नै लामिछानेले पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका छन् । आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले यसबारेमा आयोगमा छलफल तथा छानबिनपछि आवश्यक निर्णय हुने जानकारी दिए ।





प्रतिक्रिया