रवि लामिछानेको दोस्रो दिनको बयान सुरु

रवि लामिछानेको दोस्रो दिनको बयान सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा दायर भएको मुद्दामा शुक्रवार दोस्रो दिनको बयान सुरु भएको छ ।

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सुरु भएको हो ।

बयान बिहीवार बाट सुरु भएको हो । बिहीवार बयान २ घण्टासम्म चलेको थियो ।लामिछानेको बाँकी बयान आज हुने अदालता सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ । गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।

पूर्वडीआईजी छविलाल जोशी, लीला पछाइको बयान सकिएको छ भने कृष्णबहादुर गुरुङ र रामबहादुर खनालको बयान लिन बाँकी रहेको छ ।