इजलासमा रविले भने- मलाई छोडिदिनुस्,सहकारी पिडितको पक्षमा काम गरेको प्रमाण लिएर आउनेछु

इजलासमा रविले भने- मलाई छोडिदिनुस्,सहकारी पिडितको पक्षमा काम गरेको प्रमाण लिएर आउनेछु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न आग्रह गरेका छन्।

बिहीबार जिल्ला अदालत कास्की इजलासमा बोल्न समय पाएपछि लामिछानेले जिल्ला न्यायाधीश नितिज राईसँग आफूलाई तारेखमा छाड्न आग्रह गरेका हुन्।

उनले भने, ‘म गृहमन्त्री हुँदा पनि शक्तिको दुरुपयोग गरिनँ । सहकारीको पैसा फिर्ता गर्न निरन्तर प्रयास गर्छु । प्रत्येक पटक सहकारीपिडितको पक्षमा मैले गरेका कामको फाइल लिएर आउने छु ।’ ‘पीडितको पक्षमा निरन्तर लागिपर्छु । मलाई छोडिदिनुस श्रीमान । प्रत्येक पटक आउँदा सहकारी पिडितको पक्षमा काम गरेको प्रमाण लिएर आउनेछु,’ रविले भने ।