रवि लामिछाने बुधबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुने

रवि लामिछाने बुधबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुने


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि (बुधबार) जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुने भएका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि लामिछाने भोलि बुटवलमा रहेको जिल्ला अदालतमा उपस्थित हुन लागेका हुन् ।

भोलि अदालतमा उपस्थित हुन उनी आज बुटवल पुग्दैछन् ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ र काठमाण्डौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए ।

उनी धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

कास्की प्रहरीमा अनुसन्धान भइरहेकै बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर बयान दिएका थिए ।

सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएकोमा रवि लामिछानेको नाममा ऋण गएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।