रवि लामिछानेद्वारा संसद् सचिवालयमा निलम्बन फुकुवाको निवेदन दर्ता

रवि लामिछानेद्वारा संसद् सचिवालयमा निलम्बन फुकुवाको निवेदन दर्ता


काठमाण्डु- रास्वपाका सभापति रवि लामिछानेले संघीय संसद् सचिवालय सिंहदरबार आफ्नो सांसद पद निलम्बन फुकुवाको निवेदन दर्ता गराएका छन् । लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद लिलम्बन फुकुवाको पत्र दर्ता गराएका हुन् ।

घिमिरेलाई भेटेर लामिछानेले आफ्नो निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावलीविपरीत रहेको दाबीसहित फुकुवाका लागि माग गरेका हुन् ।

सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि रवि गत पुग ८ गते सांसद पदबाट निलम्बन भएका थिए । तर, रास्वपाले भने रविको निलम्बन कानूनसम्मत नभएको बताउँदै आएको छ । लामिछानेले आफ्नो दलका सांसदलाई पनि भेटेर पछिल्लो अवस्था र सदनमा खेल्ने भूमिकाबारे ब्रिफिङ गर्ने भएका छन् ।