रविलाई थुनामा राख्न अदालतले दिएको म्याद सकियो, के होला अदालतको फैसला ?

रविलाई थुनामा राख्न अदालतले दिएको म्याद सकियो, के होला अदालतको फैसला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछानेसहित तीन जनालाई थप अनुसन्धानका लागि अदालतले दिएको थप म्याद आज सकिँदैछ ।

प्रहरीले १० दिनयता अदालतबाट दुई पटक म्याद थप गरि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ ।

प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा पेस गरेको छ । अब अआज उनीहरुविरुद्ध थुनछेक बहस हुने छ । बहसपछि उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ ।

गत साउन २० गते चितवनको भरतपुर नगरपालिका १ स्थित होटल कंगारुमा पत्रकार पुडाशैनी झुण्डिएको अवस्थामा फेला परेका थिए ।

झुण्डिनुअधि उनले आफूलाई रवि लामिछानेले आत्महत्या गर्न बाध्य बनाएको भिडियो सन्देश छाडेका थिए । त्यही सन्देशका आधारमा पक्राउ परेका लामिछानेसहितका ३ जना माथि अहिले प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिएको छ ।