साहारा चितवन सहकारी ठगीमा रवि, छविसहित १४ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय

साहारा चितवन सहकारी ठगीमा रवि, छविसहित १४ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साहारा चितवन सहकारी सहकारी ठगीमा रवि, छविसहित १४ जनालाई प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ । प्रहरीले साहारा चितवन सहकारीमा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित १४ जनाविरुद्ध अनुसन्धान गरेर रायसहितको प्रतिवेदन बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गौतम मिश्रले पुरक जाहेरीका आधारमा अनुसन्धान गरेर थप १४ जनालाई सहकारी ठगीमा मुद्दा दायर गर्न मागदाबी गर्दै अनुसन्धान प्रतिवेदन बुझाइएको जानकारी दिए । मिश्रले अनुसन्धान प्रतिवेदनमा ३८ करोड ९ लाख ७९ हजार १ सय ७७ रुपैयाँ बिगो मागदाबी गरिएको जानकारी दिए ।

सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

साहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा गत ५ मंसिरमा रविसहितका व्यक्तिहरुविरुद्ध पुरक जाहेरी दर्ता भएको थियो । यो प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाल समेत प्रतिवादी छन् । साहारा सहकारी ठगी प्रकरणको मुद्दा ८ भदौमा चितवन जिल्ला अदालतमा दर्ता भएको थियो ।