रवि लामिछानेको पार्टीमा २१ जना केन्द्रीय सदस्य, को-को अटाए ? (सूचीसहित)


काठमाण्डु – पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले २१ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्यको नाम सार्वजनिक गरेको छ ।

शुक्रबार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिका २१ जनाको नाम सार्वजनिक गरेका हुन् ।

लामिछानेको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय कमिटी बन्ने छ । जसमा प्रवक्ता बाहेक पदाधिकारी हुने छैनन् । पार्टीको पहिलो बैठकबाट ढकाललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । प्लेन तदर्थ समितिको बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भातृ संगठन पनि नबनाउने नीति लिएको छ ।

उक्त पार्टीमा कार्यकर्ता नभई सदस्य मात्रै छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षपछि पार्टीले महाधिवेशन गर्नेछ । महाधिवेशन नभएसम्म सभापति र प्रवक्ता बाहेकका पदाधिकारी हुने छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement