रवि लामिछानेविरुद्ध फेरि अर्को उजुरी

रवि लामिछानेविरुद्ध फेरि अर्को उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष खेम भण्डारीले उजुरी दिएका छन् ।

भण्डारीले बुधबार लामिछानेविरुद्ध प्रेस काउन्सिल नेपालमा पत्रकार आचारसंहिता उल्लंघनको उजुरी दिएका हुन् ।

लामिछानेले पत्रकारिताका विश्वव्यापी मान्यता, सिद्धान्त र आचारसंहिता तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघद्वारा जारी गरिएको पत्रकार आचारसंहिताको ‘नग्न उल्लंघन’ गर्दै आफूमाथि अन्याय गरेको र पत्रकारिता पेशालाई कलंकित पार्ने गरी काम गरेको दाबी गर्दै भण्डारीले उनीमाथि हदैसम्मको कारबाहीको माग गरेका छन् ।