किशोर श्रेष्ठसँग केही दुश्मनी छैन : रवि लामिछाने

किशोर श्रेष्ठसँग केही दुश्मनी छैन : रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने प्रहरीको हिरासतबाट मुक्त भएसँगै आफ्नो धारणा राख्न थालेका छन् ।

सोमबार चितवन जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका रविले मंगलबार भरतपुरमा एक पत्रकार सम्मेलन आयोजना गर्दै आफू हिरासतमा परेपछिको अवस्थाकाबारे आफ्नो धारणा राखेका छन् ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठसँग आफ्नो कुनै दुश्मनी र रिसइवी नरहेको भन्दै आफू सत्यको सहारामा रिहा भएको प्रतिक्रिया दिए ।

यस्तै नायिका करिश्मा मानन्धरले आफ्ना समर्थकलाई भेडा भनेको विषयमा रविले भने, ‘करिश्माको त्यो आफ्नो तर्क हो यसमा केही भन्नु छैन भने । कलाकारिताबाट राम्रो योगदान दिएकी करिश्माले आफ्नो वाक् स्वतन्त्रता उपयोग गरेकाले केही भन्नु छैन ।’

गएको साउन ३० गतेबाट प्रहरीको न्यायिक हिरासतमा रहेका रविसहित युवराज कँडेल र अस्मिता कार्की सोमबार अदालतको आदेशमा रिहा भएका हुन् ।