काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्धको आत्महत्या दुरुत्साहन मुद्दा उच्च अदालत हेटौंडामा आज (बिहीबार) सुनुवाइ हुँदैछ ।
जिल्ला अदालत चितवनको आदेश विरुद्ध लामिछानेले हालेको निवेदनमा उच्च अदालत पाटन अन्तर्गतको हेटौंडा इजलाशमा न्यायाधीशद्धय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशको तेस्रो नम्बरमा पेसीमा रहेको रविको मुद्दा आज सुनुवाई हुने भएको हो ।
जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेले भदौ २३ गते निवेदन दिएका थिए । लामिछानले निवेदन दिएको भोलिपल्ट भदौ २४ गते सरकारी पक्ष पनि अदालत पुगेको थियो । दुवैको निवेदनमा उच्च अदालतले जिल्लाको फाइल मगाउने आदेश गरिसकेको छ ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता लामिछाने ५ लाख धरौटी बुझाइ रिहा भएका थिए । जिल्लाको निर्णय बदरको माग गर्दै उनले निवेदन दिएका थिए ।




प्रतिक्रिया