चितवन अदालतको आदेशविरुद्ध रवि लामिछाने पुगे उच्च अदालत

चितवन अदालतको आदेशविरुद्ध रवि लामिछाने पुगे उच्च अदालत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले जिल्ला अदालत चितवनको आदेशविरुद्ध उच्च अदालत हेटौँडा इजलाशमा निवेदन दर्ता गराएका छन् ।

गत भाद्र ९ गते चितवन जिल्ला अदालतले गरेको आदेश बदर गरि पाऊँ भन्दै उनले उच्च अदालत पाटन, हेटौंडा इजलाशमा निवेदन दर्ता गराएका हुन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन प्रकरणमा चितवन जिल्ला अदालतले उनीलाई ५ लाख र सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यो आदेशमा आफूलाई चित्त नबुझेको भन्दै रविले निवेदन दर्ता गराएको अदालतले जनाएको छ ।

लामिछाने र कँडेलले भाद्र ९ गतेको चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भनी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको आदेश बदर गरि साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरि पाऊँ भनी निवेदन दर्ता गराएका हुन् ।

लामिछानेको निवेदन उपर उच्च अदालत पाटन, हेटौंडा इजलासले भोलि प्रारम्भिक सुनुवाई गर्ने अदालतले जनाएको छ ।