रवि लामिछाने र निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि


काठमाण्डु – सञ्चारकर्मी रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार रातिबाट ज्वरो आए पछि बुधबार कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो । लामिछानेले दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।

‘हामी दुबैको स्वास्थ सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement