चितवन – पत्रकार शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा दुरुत्साहन मुद्धा लागेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको रिहाईको माग गर्दै समर्थनमा उत्रिएका समर्थकहरुले भरतपुरमा दुई ट्रकमा तोडफोड तथा आगजनी गरेका छन् ।
भरतपुरमा आज पनि जारी रवि लामिछाने समर्थकहरुको प्रदर्शनमा प्रर्दशनकारीले काठमाडौँबाट हेटौँडा जाँदै गरेको ना ६ ख ४२ नम्बरको ट्रकमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै पर्सा टाँडी हुँदै नवलपरासी चौधरी ग्रुपतर्फ जाँदै ना ४ ख ४३२५ नम्बरको अर्को ट्रकमाथि पनि तोडफोड भएको हो । दुवै ट्रकमा आशिंक मात्रै क्षति पुगेको बताइएको छ ।
दुवै ट्रकलाई भरतपुरको बसपार्क र हाकिचोकमा तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रशासन कार्यलय चितवनले निषेधित क्षेत्र घोषणा गरे पनि भरतपुरका विभिन्न चोकचोकमा नारा, जुलुस, ¥याली र प्रदर्शन भइरहेको छ । यस्तै आज नेकपा विप्लव समूहको चितवन बन्द पनि रहेको छ ।




प्रतिक्रिया