काठमाडौं – टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउको विरोधमा प्रद्धर्शनका क्रममा पक्राउ परेका समर्थकहरुलाई आज छाडिएको छ ।
रविसहित तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरु ४८ जनालाई आज छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेसहित तीनै जना सोमबार धरौटीमा रिहा भएका हुन् । चितवनका प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार आज बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न सुरु गरिएको हो ।
सो मुद्दाको थुनछेक बहसका क्रममा सोमबार लामिछानेलाई रु पाँच लाख, युवराज कँडेललाई रु तीन लाख र अस्मिता भनिने रुकु कार्कीलाई शुद्ध तारेखमा अदालतले छाडेको थियो । उनीहरुको आगामी असोज ५ गते तारेख तोकिएको छ ।




प्रतिक्रिया