रवि लामिछानेसहित तीन जनाको मुद्धा १ नम्बर इजलासमा, अस्मिताको बयान सुरु

रवि लामिछानेसहित तीन जनाको मुद्धा १ नम्बर इजलासमा, अस्मिताको बयान सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पत्रकार शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा हदैसम्मको कारबाहीको माग गर्दै अदालतमा मुद्धा दायर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएपछि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध अदालतमा आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा पेश गरिएको हो ।

जिल्ला अदालत चितवनले न्यायाधीश हेमन्त रावलको एक नम्बर इजलाशमा रुकु भनिने अस्मिता कार्कीको बयान सुरु भएको छ । आफ्ना तर्फबाट अनुसन्धानको काम सम्पन्न गरी सरकारी वकिलको कार्यालय पठाइएको अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

अनुसन्धानका क्रममा सो घटनामा आत्महत्या गर्न बाध्य गरिएको प्रमाणसमेत पेश गरिएको उनले बताए । अदालतमा सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ । अन्त्यमा, अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्नेछ ।