रवि लामिछाने फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बने

रवि लामिछाने फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बने


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीले पुनःसभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । केन्द्रीय समितिको बैठकले उनलाई सभापतिमा पुन: चयन गरेको हो ।

सर्वोच्च अदालतले शुक्रबार नागरिकता विवादमा दोषी ठहराएसँगै लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद गुमेको थियो ।

रास्वपाका महासचिव तथा प्रवक्ता डा.मुकुल ढकालले भने, ‘आजको बैठकमा उहाँलाई आमन्त्रित केन्द्रीय दसस्यका रुपमा बोलाइएको थियो । बैठकले उहाँलाई सभापतिमा पुनर्बहाली गरेको छ ।’