काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका छन्।
मंगलबार बिहान चितवन २ मा आफ्नो जित निश्चित भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि कायमै राख्ने भन्नेबारे पुनर्विचार हुने बताएका हुन् ।
‘सरकारलाई हामीले दिएको समर्थनबारे अब पुनर्विचार गर्छौं ।हामीले अस्थिरता नहोस् भनेर समर्थन दिएका थियौँ,’उनले भने, ‘अब काठमाडौं फर्किएपछि बसेर छलफल गर्छौं ।’
सभापति लामिछानेले सरकारको न्यूनतम साझा कार्यक्रममा कुनैपनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्नेलगायत बुँदा समावेश नभएकाले सरकारलाई दिएको समर्थनको औचित्य अब नभएको बताए ।
रास्वपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिए पनि उसले सरकारलाई दिएको समर्थन भने कायम राखेको छ।




प्रतिक्रिया