चितवन-२ मा भारी मतका साथ रवि लामिछाने विजयी

चितवन-२ मा भारी मतका साथ रवि लामिछाने विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शानदार मतका विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५४१७६ मत ल्याएर लामिछाने विजयी भएका हुन्।

यहाँ कुल ७८ हजार २७७ मत खसेको थियो । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ मत ल्याएका छन् । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् ।

मंसिर ४ मा भएको निर्वाचनमा ८४ हजार ३१५ मत खस्दा रवि लामिछाने ४९ हजार २९६ मत ल्याएर विजयी भएका थिए ।