काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ।
विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै मंगलबार उनीविरूद्ध निर्वाचन आयोगमा उजुरी गरिएको हो।
लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै राजकुमार पाण्डेले निवेदन दिएका हुन्।उनीविरुद्धको उजुरीबारे थप निर्णय गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवन पठाएको छ।




प्रतिक्रिया