रास्वपा संसदीय दलका नेतामा लामिछाने, सरकारलाई दिएको सर्मथनबारे शुक्रबार निर्णय हुने


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा रवि लामिछानेलाई चयन गर्ने निणर्य गरेको छ । पार्टीको आज बिहान बसेको केन्द्रीय कमिटी बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गर्ने निणर्य गरेको पार्टी प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिए।

संसदीय दलको नेता लामिछाने चयन गर्ने निणर्य भएसँगै संसदीय दलले अनुमोदन गर्नेछ । नागरिकता विवादमा रविको संसद पद गुमेपछि उनले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए। त्यसपछि डोलप्रसाद अर्याललाई संसदीय दलको नेतामा चयन गरिएको थियो ।

लामिछाने चितवन-२ बाट उपनिर्वाचनमा पुननिर्वाचित भएपछि अर्यालले संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका थिए।

यस्तै बैठकले सरकारमा सहभागिताबारे भने निणर्य लिएन । सरकारमा सहभागीताबारे शुक्रबार मात्रै निणर्य लिनेबारे छलफल भएको प्रवक्ता ढकालले बताए।

उनका अनुसार शुक्रबार बैठक बसेर सरकारमा सहभागीबारे अन्तिम निणर्य लिइनेछ । सोमबारको बैठकमा केन्द्रीय कमिटी बैठकमा सहभागी सदस्यहरूले सरकारमा जाँदा हुने फाइदा/ बेफाइदा र प्रतिपक्षमा बस्दा हुने फाइदा /बेफाइदाबारे धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement