काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद सुचारु नभएपछि आपत्ति जनाएका छन्। सोमबार बोलाइएको बैठक भोलिसम्मका लागि स्थगित भएपछि लामिछानेले सामाजिक सञ्जालमा आपत्ति जनाएका हुन्।
‘वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं। कयौं कानुन बनाउनु पर्ने छ, कयौं कानुनमा संशोधन छ्न्,’ लामिछानेले भनेका छन्, ‘जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ। दुःखद।’
शीर्ष नतोहरुबीचको छलफलमा सहमति जुट्न नसकेपछि आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ। सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च स्तरीय छानविन समितिको माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ।




प्रतिक्रिया