काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै पुराना दलहरूका लागि अबकाे चार वर्ष अन्तिम अवसर भएकाे दाबी गर्दै देशकाे विकासका लागि एकजुट भएर लाग्न आग्रह गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत अपिल जारी गर्दै अन्तिम अवसरको सदुपयोग गरी विगत ३३ वर्षको गल्ती सच्चाउन उनले सचेत गराएका हुन् । अन्यथा २०८४ काे निर्वाचनमा ‘राजनीतिकाे एउटा सटर’ बन्द हुने उनकाे चेतावनी छ ।
उनले पुराना दलहरू मिलेर सहमतीय सरकार बनाउन आग्रह गर्दै प्रतिपक्षी माेर्चा आफ्नाे पार्टीले सम्हाले प्रस्ताव गरेका छन् । सामाजिक सञ्जालमार्फत लामिछानेले भनेका छन्, ‘देशमा व्याप्त बेथितिलाई ठीक गर्ने अन्तिम अवसरका रूपमा अब यो ४ वर्ष तपाईंहरू सबै मिल्नुस् । देशका तमाम समस्या सुल्झाउन हामीबाहेकको सहमतीय सरकार बनाउनुस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौँ । यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाकछोप गरी प्रमाण लुकाएर, थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरूको जिम्मा ।’




प्रतिक्रिया