सिंहदरबार जाँदै रवि लामिछाने,सभामुखलाई भेट्ने

सिंहदरबार जाँदै रवि लामिछाने,सभामुखलाई भेट्ने

फाइल तस्विर।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् ।

आज बिहान १० बजे लामिछानेसहित रास्वपा सांसदहरू सभामुखलाई भेट्न सिंहदरबारस्थित कार्यालय जाने भएका हुन् ।

लामिछानेविरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा विपक्षी बनाएर मुद्धा दायर भएपछि गत पुस ८ गतेदेखि सांसद पद निलम्बन भएको थियो । तर लामिछानेले संबिधान विपरित सांसदबाट आफुलाई निलम्बन गरिएको बाताउँदै आएका छन् ।

आज हुन लागेको सभामुखसँगको छलफलमा प्रतिनिधिसभामा सहभागी हुनेबारे कुराकानी हुने बताइएको छ ।