रवि लामिछानेको मुद्दामा आजै फैसला आउन सक्ने,सर्वोच्चमा बढाइयो सुरक्षा

रवि लामिछानेको मुद्दामा आजै फैसला आउन सक्ने,सर्वोच्चमा बढाइयो सुरक्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न उठाएर दायर मुद्दामाथिको बहस सकिएसंगै सर्वोच्च अदालत परिसरमा सुरक्षा तैनाथी बढाइएको छ।

मुद्दाको सुनुवाइ सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौंबाट डीएसपी पवत भट्टराईको नेतृत्वमा थप टोली सर्वोच्चमा पठाइएको छ। यसैगरी प्रहरी वृत्त सिंहदरबारबाट पनि थप टोली पठाइएको प्रहरी स्रोतले जनाएको छ। यस्तै सर्वोच्चमा एसपीको कमाण्डमा नियमित टोली पनि रहेको छ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा दुवैतर्फमा कानुन व्यवसायीले बहस सकेका छन् । बहस सकिएसँगै न्यायाधीशहरु फैसलाको तयारीमा जुटेका छन् ।

नागरिकताको वैधतामा प्रश्न उठाउँदै लामिछानेको प्रतिनिधिसभा सदस्य खारेजीको माग गर्दै अधिवक्ता रविराज बसौला समेत र अधिवक्ता युवराज पौडेलसमेतले छुट्टाछुट्टै रिट दायर गरेका हुन् ।

लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला र अधिवक्ता युवराज पौडेलसमेतले मंसिर २८ मा लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए।