हरेक चुनाव नेताले जिते,अब जनताले जित्नुपर्छ: रवि लामिछाने

हरेक चुनाव नेताले जिते,अब जनताले जित्नुपर्छ: रवि लामिछाने

संसदमा जान तम्तयार छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा जान तम्तयार भएर बसेको बताएका छन्। बिहीबार काठमाडौँमा चुनावका ‘वाचापत्र’ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जनताका सामान्यभन्दा सामान्य माग र चाहनालाई वाचापत्रमा समेटेको बताए। आफू देश दौडामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न र उपचार जस्ता सामान्य कुरा माग गरेको उनकाे भनाइ छ।

सभापति लामिछानेले बलियाे प्रतिपक्षी नहुँदा देशमा विकास हुन नसकेकाे बताए। सधैँ नेताले जितेको र अब जनताले जित्नु पर्ने र भ्रष्टाचार अन्त्य हुनुपर्नेमा उनले जोड दिए।