काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सकिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकाे सचिवालय बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको हाे।
‘समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी सभापतिले बैठकलाई जानकारी गराउनुभयो र त्यसका बारेमा छलफल गरियो। बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गर्यो,’ उपसभापति डिपी अर्यालले जानकारी दिए।
संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले तीव्रता लिएको छ।




प्रतिक्रिया