रवि लामिछानेकाे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता नगर्न भन्दै निर्वाचन आयोगमा उजुरी

रवि लामिछानेकाे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता नगर्न भन्दै निर्वाचन आयोगमा उजुरी


काठमाण्डु – पत्रकारीताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताको लागि दिएको निवेदन खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

बुधबार निर्वाचन आयोग पुगेर स्वतन्त्र उम्मेदवारी अभियानले पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै उजुरी दिएको हो । स्वतन्त्र उम्मेदवारी अभियानका डम्बर साहुले आयोगको ध्यानाकर्षण गराउँदै ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्द प्रयोग गर्न आग्रह गरेका छन् ।

‘कुनै पनि व्यक्तिले राजनीतिक पार्टीमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्रको उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ’ निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सम्बोधन गर्दै उजुरी दिइएको पत्रमा भनिएको छ।

स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्तिरसमूहरसंस्थालाई गम्भीर आघात पुगेको बताइएको छ। उक्त उजुरीका सम्बन्धमा आयोगले अध्ययन तथा छानविन गरेर उचित निर्णय लिने बताएको छ ।