रबि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दायर, सांसद पदकाे सपथ नगराउन माग

रबि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दायर, सांसद पदकाे सपथ नगराउन माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै रिट परेको छ । बुधबार सिन्धुलीका युवराज पौडेलले लामिछानेको नागरिकता विवाद र सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

‘नेपालको संविधानको धारा १३७(२)(ख) को क्षेत्राधिकार प्रयोग गरी प्रतिनिधि सभा सदस्य निर्वाचन आयोग ऐन, २०७४ को दफा १६ बमोजिम निज रवि लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहर गरी निजलाई सांसद पदबाट मुक्त गरी पाउँ र उक्त ऐनको दफा १६(२) बमोजिमको कार्य गर्नु भनी विपक्षी निर्वाचन आयोगका नाममा परमादेशको आदेश जारी गरी पाउँ ।’ , उक्त रिटमा भनिएको छ ।

रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाण्डुलाई विपक्षी बनाइएको छ । पौडेलको रिट पुस ६ गतेको संवैधानिक इजलासमा पेसी तोकिएको छ ।