काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको प्रारम्भिक सुनवाई आजवाट हुँदैछ ।
लामिछाने बिरुद्ध नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा आजवाट प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।
अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिएको भएपनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी हालै महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने मागसहित युवराज सफलले सोमवार रिट दिएका थिए । सोही रिटका आधारमा सर्वोच्चले आज पेशी तोकेको हो ।
यसअघि नै लामिछानेले प्रक्रियागत रूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिकता नभएको फैसला सुनाएको थियो। उक्त फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो। अहिले जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता भने लिइसकेका छन्।




प्रतिक्रिया