रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ ।

बिहीबार अपरान्ह ५ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा सुरू भएको बैठकमा गृहमन्त्रालय,सरकारमा बस्ने कि नबस्नेलगायत विषयमा छलफल हुने बताइएको छ।

रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफूलाई गृहमन्त्री नबनाए आफ्नो पार्टीकै व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने बताउँदै आएका छन्।

गत शुक्रबार सर्वोच्च अदालतको फैसलापछि रविले सांसद, गृहमन्त्री, पार्टी सभपति र संसदीय दलको नेताको पद एकसाथ गुमाएका थिए।