किन पुगे एकाबिहानै गृहमन्त्री लामिछाने बालुवाटार ?

किन पुगे एकाबिहानै गृहमन्त्री लामिछाने बालुवाटार ?


काठमाण्डु- गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।

आज बिहान बालुवाटार पुगेर गृहमन्त्री लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । उनले प्रधानमन्त्री प्रचण्डसँग आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउन आग्रह गरेका छन् । हाल सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गरिएको छ ।

त्यस्तै उनीहरुबीच कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखी स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।