समर्थन फिर्ताको धम्कीपछि गृहमन्त्री पाएका रविले पहिलो बैठकमै टेरेनन् प्रधानमन्त्रीलाई

समर्थन फिर्ताको धम्कीपछि गृहमन्त्री पाएका रविले पहिलो बैठकमै टेरेनन् प्रधानमन्त्रीलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नयाँ सरकार गठन भएको दोस्रो दिनमै सत्ता गठबन्धनभित्र विवाद उत्पन्न भएको छ । नवगठित मन्त्रिपरिषदको पहिलो बैठकमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव गृहमन्त्री रवि लामिछानेले अस्वकार गरेपछि सत्ता गठनबन्धनभित्र विवाद उत्पन्न भएको हो ।

सोमबार पदवहाली गरेलगत्तै प्रचण्डले मन्त्रिपरिषद्को बैठक डाके । उक्त बैठकमा तीन उपप्रधानमन्त्रीहरु विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने मन्त्रिपरिषद् बैठकमा भाग लिन प्रधानमन्त्री कार्यालय पुगेका थिए ।

मन्त्रालयको जिम्मेवारी तोक्न बाँकी रहेका मन्त्रीहरु समेत मन्त्रिपरिषद्को बैठकमा सहभागी भएको जनाइएको छ । उक्त बैठकमा प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सरकारको प्रवक्ता बन्न आग्रह गरे । तर, लामिछानेले प्रधानमन्त्री प्रचण्डले भनेको कुरा टेरेनन् ।

उनले मुख्यसचिव शंकर दास बैरागीमाथि पनि आफूलाई प्रवक्ता बनाउने निर्णय सुनाएको भन्दै आक्रोश पोखे । रविले आफू मन्त्रीको रुपमा काम गर्न आएकाले सरकारको प्रवक्ता नबन्ने बताए । उक्त बैठकमा आक्रोशित बनेका रविले १५ मिनेट मोबाइल चलाएर बिताए ।

रविले पहिलो बैठकमै प्रधानमन्त्रीले भनेको गृहमन्त्रीले नटेरेपछि बैठक खल्लोसमेत बन्न पुग्यो । आफुले भनेको नटेरेपछि प्रधानमन्त्री प्रचण्ड गृहमन्त्री लामिछानेप्रति असन्तुष्ट बनेका थिए । त्यसपछि प्रधानमन्त्री प्रचण्डले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई सरकारको प्रवक्ताको जिम्मा दिए । पौडेलले भने प्रधानमन्त्रीले दिएको जिम्मेवारी सहजै स्विकार गरे ।

यसभन्दा अगाडि पनि प्रचण्ड र रविको सम्बन्धन राम्रो थिएन् । एकले अर्काविरुद्ध आलोचना गर्दै आएका छन् । मंसिर ४ गते भएको निर्वाचनमा रविले चितवन-३ बाट चुनाव जितेका थिए । प्रचण्डले भने आफ्नो निर्वाचन क्षेत्र छोडेर गोरखा-२ बाट चुनाव लडेका थिए । पछिल्लो समय यी दुबै नेताको आलोचना भइरहेको छ । चुनाव अघि रविले चाही प्रचण्डको विरुद्ध चर्को भाषण गरेका थिए ।

हाल प्रचण्डलाई नै प्रधानमन्त्री बनाउन समर्थन गरे भनेर उनको आलोचना भइरहेको हो । त्यस्तै नागरिकताको विषयलाई लिएर विवादमा आएका व्यक्तिलाई गृहमन्त्रालयको जिम्मेवारी दिएको भन्दै प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना भइरहेको छ ।

समर्थन फिर्ताको धम्कीपछि रविले पाए गृहमन्त्री, गठबन्धनभित्रै विवाद

त्यस्तै लामिछानेलाई गृहमन्त्री दिने विषयमा गठबन्धनभित्रकै नेताहरूबीच दुई मत देखिएको थियो । प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रविलाई गृहबाहेक कुनै एक मन्त्रालय रोज्न आग्रह गरे ।

उनलाई उपप्रधानमन्त्रीसहित सोही मन्त्रालयको जिम्मा दिने प्रस्ताव गरिएको थियो । तर, लामिछानेले भने गृहमन्त्री नपाए सरकारलाई गरेको समर्थन नै फिर्ता लिने धम्की दिए । त्यसपछि प्रधानमन्त्री प्रचण्डले रविलाई गहमन्त्रीको जिम्मेवारी दिएका छन् ।