पार्टीको बैठकअघि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीसँग रविको भेटवार्ता

पार्टीको बैठकअघि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीसँग रविको भेटवार्ता


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीसँग भेटवार्ता गरेका छन् ।

पार्टीको केन्दिय समिति र संसदीय दलको बैठकअघि रविले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । लामिछानेले आइतबार बिहान बालकोट पुगेर ओलीसँग भेटवार्ता गरेका थिए । त्यसलगत्तै उनी बालुवाटार छिरेका हुन् । बालुवाटारमा रविले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

आज बस्ने भनिएको रास्वपाको केन्दिय समिति र संसदीय दलको बैठकले सरकारमा रहने कि नरहने बारे ठोस निर्णय गर्ने जनाइएको छ । रविले गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएपनि प्रधानमन्त्री प्रचण्डले भने बेवास्ता गर्दै आएका छन् ।