काठमाण्डु– सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ ।
बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उनलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको हो ।
यस्तै अदालतले मिश्रलाई स–शरीर उपस्थित गराउन आदेश दिएको छ ।
मिश्रलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको भन्दै उनकी श्रीमती सारिका कार्कीले गृहमन्त्रालयसमेतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
काठमाण्डुको तीनकुनेमा चैत १५ गते भएको राजावादीको हिंस्रक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र ४८ दिनदेखि प्रहरी हिरासतमा छन्।




प्रतिक्रिया