राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तीनकुने घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा भएका छन् ।

काठमाण्डु जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक आन्दोलनपछि मिश्रलाई पक्राउ गरिएकोमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटबाट उनी छुटेका थिए ।

यसअघि उनीसँगै पक्राउ परेका राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालाई पनि अदालतले ३ लाख धरौटीमा छुटेका थिए ।