कांग्रेसलाई रविन्द्र मिश्रको सुझाव- प्रचण्डकै पार्टीमा समाहित भए हुन्छ

कांग्रेसलाई रविन्द्र मिश्रको सुझाव- प्रचण्डकै पार्टीमा समाहित भए हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राप्रपाका पूर्व उपाध्यक्ष तथा काठमाण्डु क्षेत्र-१का उमेदवार रविन्द्र मिश्रले नेपाली कांग्रेसलाई प्रचण्डकै पार्टीमा समाहित हुन सुझाव दिएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै प्रचण्डपथ छोड्नै नसक्ने हो भने, प्रचण्डकै पार्टीमा समाहित हुन सुझाव दिएका हुन् ।

उनले लेखेका छन् ‘यो नेपाली कांग्रेसले अझै किन नचेतेको होला? वीपीले स्थापित गरिदिएको बैचारिक आदर्शलाई उनका भाइ जीपले प्रचण्डको पाऊमा सुम्पिदिएको दिनदेखि खस्किँदै गएको कांग्रेस यो हालतमा पुगिसक्दा पनि कुनै प्रभावशालि नेताले स्थापनाकालको आदर्शमा फर्कौँ भनेको सुनिँदैन। प्रचण्डपथ छोड्नै नसक्ने हो भने, प्रचण्डकै पार्टीमा समाहित भए हुन्छ नि बरू। के ल्याङ-ल्याङ गरिराखेको होला, बेकारमा!