पराजित भए पनि समाज र देश रूपान्तरणको यात्रामा दृण छु : रवीन्द्र मिश्र

पराजित भए पनि समाज र देश रूपान्तरणको यात्रामा दृण छु : रवीन्द्र मिश्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राप्रपा नेपालका उपाध्यक्ष एवं काठमाडौं १ बाट पराजित नेता रवीन्द्र मिश्रले पराजित भए पनि समाज र देश रूपान्तरणको यात्रा पहिलेभन्दा अझ बढी दृण भएर लाग्ने बताएका छन् । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमार्फत एक अभिव्यक्ति सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

उनले भनेका छन्,‘एक सय पच्चिस मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दुःखी छु तर म समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको जानकारी गराउन चाहन्छु । पाँच वर्षको मेरो उतार चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबीच पनि जुन मत पाएँ, त्यसलाई म टुट्न दिने छैन ।’

उनलृ ‘झुठ बोलेर मत माग्दिन’ र ‘चुनाव जित्ने देश हार्ने राजनीति गर्दिन’ भन्ने आफ्नो दृढतालाई विश्वास गरेकोमा मतदाता तथा सबै शुभेच्छुक आभार प्रकट गरेका छन् । मतदानको आभाव शब्दमा व्यक्त गर्न नसक्ने बताएका छन । उनले भने, ‘यस पटक काठमाडौँ क्षेत्र नम्बर १ मा ‘चुनावी संग्राम’ मात्र भएको थिएन, त्यो ‘चुनावी महासंग्राम’ थियो।