राजावादीको प्रदर्शनले ट्राफिक जाम हुँदा रविन्द्रको जवाफ : व्यवस्था परिवर्तन गर्न हुने यस्तै हो

राजावादीको प्रदर्शनले ट्राफिक जाम हुँदा रविन्द्रको जवाफ : व्यवस्था परिवर्तन गर्न हुने यस्तै हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाण्डु आउँदा राजावादीहरू स्वागतका लागि सडकमा उत्रिँदा ट्राफिक जाम भएको गुनासो आइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले व्यवस्था नै परिवर्तन गर्दा यस्तै हुने प्रतिक्रिया दिएका छन् ।

आईतबार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले शान्तिपूर्ण रूपमा देश नवीन समझदारीमा जाओस् भन्ने कामना गरेका छन् ।

उनले लेखेका छन्, ‘कतिपयले यसरी ट्राफिक ज्याम गर्न भएन भन्नेछन् । तर जब ‘व्यवस्था नै परिवर्तन’ गर्न विद्रोह हुन्छ, संसारका सबै देशमा हुने यस्तै नै हो । कामना छ, शान्तिपूर्णरूपमा देश नवीन समझदारीमा जाओस् ! समय थोरै लम्बिएला तर अब यो लहरालाई सरकारले रोक्न सक्दैन । रोक्न खोजे भने रोक्नेहरू नै भाग्नुपर्ने स्थिति आउने पक्का छ ।’