जनस्वास्थ्यविज्ञको चेतावनीः लकडाउनले देशमा टाट पल्टिने अवस्था आउन सक्छ

जनस्वास्थ्यविज्ञको चेतावनीः लकडाउनले देशमा टाट पल्टिने अवस्था आउन सक्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले लकडाउनलाई खुकुलो बनाएर आर्थिक गतिविधि सुचारु गर्न सरकारको ध्यानआकर्षण गराएका छन् ।

डा. पाण्डेले कोरोना भाइरसको महामारी अझै कति लम्बिने टुंगो नभएकाले आवश्यक सावधानी अपनाएर लकडाउन खोल्न आग्रह गरेका हुन् ।

‘निषेधाज्ञा एबम लकडाउन नगरेर आर्थिक गतिबिधि सुचारु नगर्ने हो भने देश आर्थिक रुपमा टाट पल्टिने अवस्था आउन सक्छ’, उनले भने, ‘सरकार, मेडिया र आम नागरिक एकजुट भएर स्वअनुशाशन र जिम्मेवार हुनुको बिकल्प छैन । यो महामारी कहिले नियन्त्रण हुन्छ भन्ने निश्चित नभएकोले रोकथामका उपायलाई हामी सबैले कार्यान्वयन गर्नु आजको आवश्यकता हो ।’

त्यस्तै उनले नेपालले पिसिआर परीक्षणमा अमेरिकाको नीति अवलम्बन गर्नु गलत रहेको बताएका छन् । अमेरकाको सिडिसीले कोरोना संक्रमण परीक्षणमा नयाँ मापदण्ड लागू गरेको छ ।

अमेरिकाले लक्षण नभएका व्यक्ति, जोखिम बर्गमा नरहेका, चिकित्सक वा जनस्वास्थ्यकर्मीले सिफारिस नगरेको व्यक्ति र संक्रमितसंग ६ फिटको दुरीमा रहेर १५ मिनेटसम्म कुराकानी गरेपनि लक्षण नदेखिएको व्यक्तिलाई परीक्षण गर्नुनपर्ने बताएको छ ।

त्यस्तै नयाँ गाइडलाइनले लक्षणयुक्त संक्रमित, संक्रमितसंग जोखिम मोलेर बस्ने वा काम गर्ने व्यक्ति, स्याहार केन्द्रमा बस्ने तथा काम गर्ने व्यक्ति, आकस्मिक तथा सघन उपचारमा काम गर्ने व्यक्ति, स्वास्थ्यकर्मी तथा चिकित्सक वा जनस्वास्थ्यकर्मीले सिफारिस गरेका व्यक्तिलाई मात्र परीक्षण गर्नुपर्ने बताएको छ ।

‘नेपालले पनि यो गाइडलाइन अनुसार परीक्षण गर्ने बताएको छ । संक्रमित व्यक्तिलाई २ हप्ता आइसोलेसनमा राखेर परीक्षण नगरि पठाउने नीति जनस्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण छ’, उनले भने, ‘पिसिआर आफैमा महँगो प्रबिधि हो । जनस्वास्थ्यका मापदण्डमा निकै कडाई गर्ने, आम नागरिक सचेत भएर सुरक्षाका उपाय अबलम्बन गर्ने, लक्षण देखिएमा १५ दिन आइसोलेसनमा बस्ने अवस्थाले झनै अवस्था भयावह बनाउँछ ।’