डिआईजी धानुकमाथी महिला सांसदमाथी आक्रमण गरेको आरोप

डिआईजी धानुकमाथी महिला सांसदमाथी आक्रमण गरेको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल–नेपाल प्रहरीका डिआईजी रविन्द्र धानुकमाथी महिला सांसदमाथी हातपात गरेको आरोप लागेको छ । लुम्बिनी प्रदेश प्रमुखको कार्यालय परिषर अगाडी प्रदेश सभा सदस्य र प्रहरीबीच झडप भएको थियो ।

नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले प्रदेश प्रमुख बाहिर जाने बेलामा महिला प्रहरी पठाउनुस भन्दा भन्दै डिआइजी आएर आफुमाथि आक्रमण गरेको बताईन ।

उनले त्यसपछि सबै प्रहरी आएर टिपेर फालेको भन्दै आफुमाथी आक्रमण बताईन । क्षेत्रीले प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रहरी प्रशासनले नांगो नाच देखाएको आरोप लगाईन ।

सांसद लौटी थारुलाई समेत डिआइजी धानुकले नै कपालमा समातेर लछारपछार पारेको गठबन्धनका सांसदहरुले बताएका छन्।

मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता शंकर पोखरेललाई सपथ खुवाउन जान भन्दै प्रदेश प्रमुख कार्यालयबाट निस्कन लाग्दा विपक्षी दलका सांसदले रोक्न खोजेपछि झडप भएको थियो । झडपमा सांसद लौटी थारुसहित केही सांसद सामान्य घाइते भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले बताए ।

धानुक माओवादी नेता जनार्दन शर्माको सिफारीसमा पांच नम्बर प्रदेश पुगेका हुन ।