रवीन्द्र ढाट बने एमएफएन च्याम्पियन

रवीन्द्र ढाट बने एमएफएन च्याम्पियन

प्रधानमन्त्रीले दिए बधाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका रविन्द्र ढाट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका छन् ।
भारतका चोंगरेंग कोरेनलाई हराउँदै ढाट पहिलो नेपाली च्याम्पियन बनेका हुन् ।

भारतको नोएडामा भएको खेलमा कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै रवीन्द्र च्याम्पियन बनेका हुन् । आफ्नो व्यावसायिक रेकर्ड ८–१ मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच लडाईको जितको श्रृंखलालाई भंग गरिदिए ।

रवीन्द्र उक्त उपाधी जित्ने पहिलो नेपाली फाइटर बनेका छन् । उनी बझाङका हुन् ।

यसबीच प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक जित हासिल गर्ने ढाटलाई बधाई दिएका छन्। एमएमए फाइटर रवीन्द्रले भारतको प्रतिष्ठित म्याट्रिक्स फाइट नाइट मा ऐतिहासिक जित हासिल गरेलगत्तै प्रधानमन्त्री ओलीले बधाई दिएका हुन्।

‘भारतका चोंगरेंग कोरेनलाई हराउँदै रवीन्द्र ढाट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई।’