काठमाण्डु – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देश गम्भीर संकटतर्फ उन्मुख भएको टिप्पणी गरेका छन् । देशका बहालवाला र भूतपूर्व प्रधानमन्त्री ‘सहसचिव’को स्तरमा झरेर विदेशीलाई पत्र लेखेको भन्दै उनले टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसीलाई पत्र लेखेको विषयलाई उनले ‘सहसचिव’ को स्तरमा झरेको उल्लेख गरेका हुन् । उनले विभिन्न ६ वटा बुँदा उल्लेख गर्दै देश गम्भीर संकट उन्मुख रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, जब देशको बहालवाला र भूतपूर्व प्रधानमन्त्री ‘सहसचिव’को स्तरमा झरेर विदेशीलाई पत्र लेख्छन्, बहालवाला प्रधानमन्त्री विदेशी गुप्तचर निकायको प्रमुखलाई मध्यरातमा भेट्छन्, कोही भूतपूर्व प्रधानमन्त्री ’होली वाइन’मा नुहाउँछन्, कोही जातीयता र क्षेत्रीयताको नारा चर्काउँछन्, तिनकै पछाडि निहित स्वार्थले देशका धेरै वुद्धिजिवी, व्यापारी, र गलत बुझाईले बहुसंख्यक नागरिक दौडिन्छन्, देशका सबै भनेजसो सार्वजनिक संस्थाहरू अशास्य भएर जान्छन्, बुझे हुन्छ देश गम्भीर संकट उन्मुख छ ।’




प्रतिक्रिया